डा.श्रेष्ठ दम्पत्तिद्वारा एम्बुलेन्सका लागि ५१,१११ सहयोग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरीद अभियानमा विभिन्न व्यक्तिगत तथा संस्थागत दाताहरुबाट सहयोग संकलन कार्य जारी छ । सोही क्रममा नेपाल पत्रकार महासंघ, बाँके को पत्रकारहरुका लागि एम्बुलेन्स कार्यक्रमका लागि हाल बेलायतका बस्ने नेपालगन्ज निवासी चिकित्सक दम्पत्तिले सहयोग गरेका छन् ।

महासंघले शुक्रबार आयोजना गरेको एक कार्यक्रम वीच वरिष्ठ सर्जन डा.राम कुमार श्रेष्ठ र स्त्री रोग विशेषज्ञ डा. निर्मला श्रेष्ठले वरिष्ठ पत्रकार पूर्णलाल चुके मार्फत् रु.५१ हजार एक सय एकको चेक एम्बुलेन्स खरीद गर्नका लागि सहयोग स्वरुप महासंघका अध्यक्ष दामोदर भण्डारीलाई हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, महासंघका अन्य पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति थियो ।

महासंघका शाखा सचिव कमल डाँगीले दिनुभएको जानकारी कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने र एम्बुलेन्स खरीदका लागि आवश्यक सहयोग गर्न महासंघले सार्वजनिक रुपमा आह्वान समेत गरेको थियो । सोही अभियान अन्तर्गत देश तथा विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम बढेको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनु भयो ।

महासंघको आह्वान अनुसार विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिहरुले स्वतःस्फुर्त रुपमा आर्थिक सहयोग उपलब्ध गरिरहेका छन् ।

Previous articleस्वास्थ्यकर्मीसहित एक दर्जन सम्मानित, पत्रकारको सुरक्षाका लागि दुई लाखको दुर्घटना बिमा
Next articleप्रहरीले नेपालगञ्ज बजारमा बाड्यो मास्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here