बाँकेको खजुराका तीनसहित छ जनामा कोरोना पुष्टि

बाँके । बाँकेको खजुराका थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा मंगलबार थप तीन जनामा कोरोना पुष्टि भएको हो ।

खजुरा गाउँपालिका वडा न–२ का ३१, ३४ र ३८ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टा यता भएको पाँच सय जनाको स्वाब परीक्षणका क्रममा बाँकेको खजुराका तीन जना र दाङको राप्ती गाउँपालिका वडा नं–२ र ८ का तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरुमा राप्तीका २६, ४० र ४८ वर्षीय पुरुष छन् ।

Previous articleबेसद्धारा राप्ती सोनारीलाई स्वास्थ्य सामाग्री प्रदान
Next articleघोडाघोडी नगरपालिकाको गाडीमा आगजनी, आगो लगाउनेलाई खोज्दै प्रहरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here