प्रहरीले नेपालगञ्ज बजारमा बाड्यो मास्क

नेपालगञ्ज । बाँके प्रहरीले बजारमा खोई मास्क अभियान अन्तर्गत मास्क बितरण गरेको छ ।

बाँके प्रहरीले दशै, तिहार तथा छठ पर्वहरुलाई मध्यनजर गर्दै कोभिड १९ को संक्रमण रोकथाम तथा न्युनिकरण गर्नको लागी मास्क बितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट नेपालगंज नगर एरियामा प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा २० जनाको प्रहरी टोली खटीई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खोई ? कार्यक्रम संचालन गरी स्थानिय सर्वसाधारणहरुलाई तीन हजार वटा मास्क वितरण गरेको जनाएको छ ।

Previous articleडा.श्रेष्ठ दम्पत्तिद्वारा एम्बुलेन्सका लागि ५१,१११ सहयोग
Next articleनरैनापुरमा गरिएको भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here