
नरैनापुर । सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको सन्दर्भमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवशरमा सन्चालन भएको खुल्ला भलिबल प्रतियोगिता शनिवार सम्पन्न हुदैछ । सो कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले रेफ्रीलाई भलिबल हस्तान्तरण गरि कार्यक्रमको औपचारिक उद्घघाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि शाहले सबै सहभागी नौ वटा टीमका खेलाडीहरुलाई अबीर टिका लगाई दशैको शुभकामना ब्यक्त समेत गर्नु भएको थियो ।
साथै सो कार्यक्रममा विशिष्ठ अतिथिमा नरैनापुर गाउँपालिका वडा नं-६ का वडा अध्यक्ष बीरेन्द्र पाल सिहंको पनि सहभागिता रहेको थियो ।
सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीन वटा क्लब सहित छ वटा टीमको महिला र पुरुष गरि जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गरेका छन् ।
जसमा महेन्द्र मा.वि.मटेहिया ,जय किसान मा.वि.भोजपुर, आदर्श मा.वि.लक्ष्मणपुर, नमुना युवाक्लब कोहला र बगौडा युवा क्लब, लक्षणपुर र आयोजक सृजनशील किशोरी क्लब रहेकाछ्न ।
शुक्रबार भएको पहिलो दिनको खेलमा जय किसान मा.वि.को सृजनशील किशोरी क्लबले महेन्द्र मा.वि.को प्रगतीशील किशोरीलाई हराई शनिवार बिहान ७ बजे हुने किशोरी तर्फको फाइनल खेलमा नमूना युवा कलबको किशोरी तथा जय किसानको सृजनशील किशोरी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
सो खेलमा राम तिर्थ मौर्य र नरहरी योगीले रेफ्रीको भुमिका निभाउनु भएकाे छ । सो कार्यक्रम सृजनशील किशोरी क्लब नरैनापुरका अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खेलकुदमा अघि बढ्न थप हौशला प्रदान गर्न नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको बिशेष पहलमा सो खेलकुदको आयोजना गरिएको अरुण यादवले जानकारी दिनुभयाे । सो कार्यक्रमको सन्चालन तथा व्यवस्थापक यादवले नै गर्नुभएकाे थियोे ।





