
कैलाली । कैलाली स्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको स्कारपियो गाडिमा गएराति अज्ञात समुहद्धारा आगजनी गरिएको हो ।
नगरपालिकाको कर्मचारी आवासको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुह द्धारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
उक्त गाडी उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आउनुभएको थियो । आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ ।
साथै संगै नगरप्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडी क्षति हुनबाट जोगिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।





