नेपालगन्जमा छाडा चाैपायाकाे बिगबिगी, दैनिक दुर्घटना निम्तिदै

नेपालगन्ज । वीपी चोकदेखि धम्जोजी जाँदै थिए । उनी आफ्नै गतिमा थिए । अनटेस्ट मोटरसाइकल भएकाले उनको गति कमै थियो । तर सडकमा अचानक खच्चड निस्कियो  र मोटरसाइकलमा झ्याम्म ठोक्कियो । नेपालगन्ज उपमहानगरपालिका ११ त्रिभुवन चोकका प्रदीप वर्मा घाइते हुनुभयो । उहाँको ज्यान त जोगियो तर हात भने भाँचियो । उहाँको अहिले मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

उनीमात्र होइन नगरपालिकाको गैरजिम्मेवार र वेवास्ताका कारण नगरभित्र यस्ता सवारी दुर्घटना दैनिकजस्तो भइरहेका छन् । छाडा गाइगोरु तथा गधा खच्चड व्यवस्थित गर्न नसक्दा नगरभित्र सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ ।

यस्तै नगर समेत क्रुप बनेको छ । नगरका मुख्य चोक र बजारक्षेत्रमा गाइगोरुको भीड नै लाग्ने गरेको छ । यहाँसम्मकी व्यस्त सडकमै गोरुको लडाइ नेपालगन्ज नगरमा देख्न सकिन्छ ।गाइगोरुको लडाइले पैदल हिड्ने देखि रिक्सा, अटो र मोटरसाइकल चलाउनेलाई ठूलै जोखिम निम्तिने गरेको सर्वसाधरणहरु बताउँछन् ।

छाडा पशुचौपाया व्यस्थित गर्ने सवालमा नेपालगन्ज उपमहानगरपालिकाले चासो नै दिन सकेको छैन् । मेयर धवल शम्शरे राणा, उपममेयर उमा थापामगर मुर्खदर्शक बनेकाे देखिन्छ ।

उहाँहरु त चार पांग्रे सवारीसाधनमा हिडनुहुन्छ । र, उहाँहरुलाई के को जोखिम ? एकजना स्थानीयले भन्दै थिए । जोखिम भनेकै पैदल हिड्ने, अटो चलाउने, साइकल चलाउने र मोटरसाइकल चलाउनेलाई नै हो ।

नेपालगन्ज नगरमा जडान गरिएका सोलारवत्ती पनि बल्दैनन् । जस्का कारण रातीको समयमा दुर्घटना झन हुने गरेका छन् ।

यहाँसम्म ठेला पसल व्यापारी पनि छाडा पशुचौपायाका कारण तनावमा छन् । ठेलामा राखिएका केरा, स्याउलगायतका फलफुल र तरकारी खाइदिने गरेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments