
बाँके । विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बिप्लब समुहका दुई जना कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो ।
समूहका चित्र बहादुर बि.क. र उनका सहयोगी सुरेश राउतलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुलाई चन्दा लिदै गर्दा राँझाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।





