बागेश्वरी मन्दिरका महन्तद्धारा पत्रकारमाथि दुव्र्यवहार

नेपालगञ्ज। प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका पुजारीद्धारा पत्रकारमाथि दुव्र्यवहार भएको छ ।

वडा दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख जीवन पाण्डेमाथि बागेश्वरी मन्दिरका महन्त चन्दनाथ योगीले दुर्व्यवहार गर्नुभएको हो ।

मन्दिर परिषरमा दर्शनार्थिहरुसँग बाईट लिने तयारी गरेका पाण्डे र क्यामेरा पर्शन सबिता जीसीमाथि पुजारी योगीले आक्रमण गर्न खोजेको पत्रकार पाण्डेले जानकारी दिनुभयो ।

उहाँले मन्दिरको कम्पाउण्ड भित्र भिडीयो खिच्न नपाउने भन्दै ५ जना अन्य सहायक पुजारीहरु समेतलाई बोलाएर पत्रकार पाण्डे माथि आक्रमण गर्न खोज्नुभएको बताउनुभयो ।

बागेश्वरी गुठि व्यवस्थापन समितिले मन्दिर परिषरमा फोटो खिच्न, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाउने कुनै निर्णय नगरेको गुठि समितिले जनाएको छ ।

गुठी समितिका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्सेर राणाले गुठी समितिबाट पत्रकारलाई भिडियो खिच्न नपाउने गरि कुनै निर्णय नभएको बताउनुभयो ।

पुजारी यागीले मन्दिरको सम्पत्ती हिनामिना गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ । घटनाका सम्बन्धमा बाँके प्रहरीले पनि चासो व्क्त गरेको छ । बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर आवश्यक निर्णय गरिने बताउनुभयो ।

उता नेपाल पत्रकार महासंघ बाँके शाखाले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारलाई निर्वाध समाचार संप्रेषणको वातावरण तयार गरिदिन प्रशासनसँग माग गर्दै महासंघका सचिव कमल डाँगीले दुर्वयवहारको घटनाको निन्दा गर्नुभएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments