नेपालगञ्जबाट मुगु हिडेको बस दुर्घटना, २३ जनाको मुत्यु, डेढ दर्जन घाइते

मुगु । मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

तीमध्ये केहीको अवस्था गम्भीर रहेको मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । बस सडकबाट करिव ५ सय मिटर तल खसेको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस दिउँसो २ बजेतिर दुर्घटना भएको हो । घाइतेहरुलाई उद्दारगरी सदरमुकाम गमगडी पठाइएको छ । उद्दार टोली अहिले शव संकलनमा जुटिरहेको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments