
काठमाण्डौ । लामो समयको बन्दाबन्दीपछि यही बिहीबारदेखि सार्वजनिक गाडी संचालनमा आउने भएको छ ।
यातायात व्यवसायीले आउँदो बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् ।
यातायात व्यसायीले काठमाण्डौमा मंगलबार पत्रकार सम्मेलन गर्दै तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा गरेका छन् ।
कोरोना महामारीको प्रकोप अझै सकिनसकेकाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन् । तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन ।
छोटो दुरीमा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने सरकारले निर्णय गरेपनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका ट्रेड युनियनले गाडी चलाउन मानेका थिएनन् ।
अन्य सार्वजनिक गाडी भने गएको असार २९ गतेदेखि नै चल्न थालेका थिए ।





