
दसैको माहोल सबैतिर भित्रिसकेको छ । बजारमा किनमेल गर्नेको भिडभाड लाग्न थालिसकेको छ । विशेष गरि बजारमा रेडिमेड पसल, जुत्ता पसल, श्रींगार पसल, दैनिक उपभोग्य बस्तुको पसलमा बढी भिडभाड हुने गर्दछ ।
माता दुर्गा भगवतीको पुजा अर्चना गर्न बिहानबाटै बागेश्वरी मन्दिरमा दर्सनार्थीको भिड लाग्ने गरेको छ । मिठो खाने राम्रो लाउने पर्बको रुपमा दशै पर्वलाई लिइन्छ । सबै जना घरमा जम्मा हुने, रमाइलो गर्ने सामुहिक सपिङ गर्ने दशैंको अर्को मज्जाको रमाइलो पाटो हो । दशैंमा हामी सबैले प्राय नयाँ लुगा लगाउछौ नै, तर अहिलेको समयको माग संगै सबै कुरामा परिवर्तन आएको देखिन्छ ।
महिला दिदीबैनीहरुले चाडपर्व वा पार्टीको महङो महङो बुटिकद्वारा डिजाइन गरेको कपडामा सजिन मन पराउछ्न । बुटिकको कपडा सारै महगो हुन्छ भन्ने सोचाइले गर्दा पहिला पहिला बुटिकमा प्राय मानिस कमै छिर्ने गर्दथे ।
तर अहिले धेरै मानिसहरु फेसन सेन्सलाई फ्लो गरेर आफुलाई सुहाउदो पहिरन, कलर कम्बिनेसन, समर म्याच, कस्तो प्रोगाम, कसरी ड्रेस क्यारी गर्ने भनेर बुटिककै डिजाइनमा तयार गरिएको पहिरनमा सजिन मन पराउछ्न ।
काठमाडौमा केही दशक अगाडी बुटिक भित्रिएपनि नेपालगञ्जमा भने दश बर्षयता मात्र बुटिक भित्रिएको हो । अहिले बुटिकको व्यापार निकै राम्रो छ । नेपालगञ्जमा सबैभन्दा पहिलो बुटिक बज फेसन बुटिक हो ।
आजभन्दा १६ बर्ष पहिला सुर्खेतरोडमा स्मिता राणाले बज बुटिक खोल्नुभएको हो । उहाँका अनुसार त्यतिबेला बुटिक भनेको सारी, घुम्टो बनाउने, डुपटामा कडाइ गर्ने सुट सारी मात्रै बिक्री गर्ने र सिलाइको सुबिधा त्यही थियो ।
त्यति मात्र हो अहिले सबै फरक छ । डिजाइनरद्वारा डिजाइन गरिएको पहिरन हुन्छ । ग्राहकहरु महङो भएपनि राम्रो र ब्रान्ड सामान लिन्छन । अहिले नेपालगन्जको न्युरोड र भानुभक्त चोकको पश्चिमतर्फको ५/७ वटा सटरमा स्पेशल बुटिक सन्चालनमा छ्न ।
नेपालगञ्जमा अहिले शिल्क फेशन बुटिक, इन्प्रेसन बुटिक, बिभा बुटिक, रोयल बुटिक, सि.एस बुटिक, फलोरेन्स बुटिक, अनन्या बुटिक, मिरर बुटिक, पटुकी डिजाइन, फेसन इन सिटी, प्लानेट बुटिक रहेका छ्न भने कोहलपुरमा हनुमान बुटिक छ ।
बुटिकमा पहिरन डिजाइन गरिएको, फिनिसिङ राम्रो कलर कम्बिनेशन सबै राम्रो लाग्ने गरेकोले आफु सधै सिल्क फेसन बुटिकको नियमित ग्राहक भएको नेपालगञ्ज बाइ पास रोड निवासी अन्जली शाह बताउनुहुन्छ ।
विवाह पार्टी, चाडपर्वमा सधैं म त्यहीको पहिरन लगाउछु शाह भन्नुहुन्छ अहिलेको दशैंमा छोरी, आफू र श्रीमानलाई म्याचिङ कपड़ा बनाएको छु। यस्तै नेपालगञ्ज फुल्टेक्रा निवासी २५ बर्षीय पुनम अधिकारीले आफ्नो ८५ के जि तौलको कारण परेशान हुनुहन्थ्यो तर अहिले सिल्क फेसन बुटिकको पहिरन लाउन थालेपछी उहाँ हरेक समारोहमा जान हिचकिचाहट लाग्दैन ।
पहिला तौलकै कारण उहाँ बाहिर जान निकै अपठ्यारो लाग्ने गरेको बताउनुभयो । अहिले साधना दिदीले डिजाइन गरेको कपडामलाई स्लिम देखाउने र हरेक पहिरन निकै कम्फर्ट लाग्ने उहाँ भन्नुहुन्छ ।
उधमी महिला तथा समाजसेबी रचना श्रेष्ठले पनि प्राय सबै पहिरन सिल्क बुटिककै लगाउने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, पार्टी वेयर, फर्मल प्रोग्राम, डेलि युजको सुट कुर्तीहरु सबै म सिल्क बुटिककै लागाउछु । अहिले पनि धेरैको सोचाइमा महङो हुन्छ भन्ने छ तर हुँदैन । फलोरेन्स बुटिककी सन्चालक कल्पना शाहका अनुसार एक वर्ष कोरोनाले निकै गाहो भयो, पुरै व्यापार ठप्प अहिले तीजबाट हाम्रो सिजन शुरु भएको छ । अहिले निकै बिजि छौं । दशेंको कपडामा अहिले केटिहरुको लागि लेहङा, गाउन, बचाहरुको लागि मम बेबि सेम सेट कसैको फ्यामेलि सेट चलेको छ ।
यस्तै सिल्क फेसनका सन्चालक शाधना खडकाका अनुसार अब तजिबाट शुरु ब्यापार हाम्रो बैशाखसम्म हुन्छ । चाड्पर्ब र बिबाहमा त निकै गाह्रो हुन्छ । यहाँ मात्र होइन दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर र नेपाल बाहिर अमेरिका, दुबई, मलेसिया, लन्डन र जापानम्ँ सामान जाने गरेको छ । यो पटक पनि प्रीन्टेड सारी सरारा सेट, गाउन, लेहङा पठाएको उहाँले बताउनुभयो ।
यस्तै कोहलपुरमा रहेको हनुमान बुटिकका सन्चालक बर्षा शाहका अनुसार व्यापार राम्रो छ । अहिले राम्रो र अरुभन्दा फरक देखिन मन पराउछ्न । केही महङो भएपनि सहज लिनु हुन्छ ।फिनिसिङ, कलर कम्बिनेशन, कपडा सेम देखिएपनि बुटिकको कपडाको मेट्रीयल फरक हुने गरेको उहाँ भन्नुहुन्छ । अहिले गाउन, भाइरल सारी, चुनरी प्रीन्ट सारी, प्याचिङ सारी, सुट चाहिने भन्ने ग्राहक धेरै रहेको बताउनुभयो ।
फेसन इन सिटी बुटिकका सन्चालक बिन्ती आलेले काठामान्डौको इन्टरनेसनल ईन्स्टिच्यु अफ टेक्नोलोजी बागबजारबाट डिप्लोमा र ब्याचलर कोर्स गरेर नेपालगञ्जमा बुटिक संचालन गरेको जानकारी दिनुभयो ।
नेपालगञ्जमा बुटिक जति नै सन्चालनमा भएता पनि कोर्ष गरेर सन्चालन गरेको बुटिक फेसन इन सिटी र पटुकी डिजाइन मात्र रहेको बताउनुभयो । फेसन इन सिटीका प्रोपाइटरका अनुसार फेसन डिजाइन हुनको लागि ड्राफ कटिङ, पेन्टिङ स्क्राइज सबै सिक्नुपर्छ उहाँले भन्नुभयो, बुटिकमा क्वाक्लिटीमा ध्यान दिनुपर्छ । सिजन अनुसारको कपडा हुनुपर्छ । त्यसमा म्याच गर्ने प्रीन्ट हुनुपर्छ ।
कहाँ जाँदै हुनु हुन्छ ? कस्तो प्रोग्राम हो ? कस्तो पहिरन लगाउने सबै डिजाइनरलाई थाहा हुनु पर्छ । मान्छेको स्किन सङको म्याचिङ्मा कलर चुज गर्नुपर्छ। छोटो समयमै निकै राम्रो रेस्पोन्स पाएकी छु । सबैले काम मनपराइदिनु भएको छ । एक पटक आएको ग्राहक अर्को पटक फेरि आउनु हुन्छ । अहिले आफू जहाँ दशैको लागि सिफन सारी, जर्जड सारी, प्रीन्टेड सारी डिजाइनदार ब्लाउज, गिलिटर पार्टी वयर चलेको छ ।
सबैले महङो हुन्छ भन्छ्न नि भन्दा हाँस्दै हुँदैन, शुरु शुरुमा भन्छ्न बुटिकको कपडा लागाउने बानी भएपनि बुटिक लगाउनु हुन्छ । तर अहिले सबैले टेलरमा पनि बुटिकको बोर्ड लागाएको हुन्छ ।
नराम्रो लाग्छ उहाँ भन्नुहुन्छ, टेलरिङ्ग र बुटिक निकै फरक हो । आजभोलि युटुबले निकै सहज बनाइदिएको छ । ग्राहकहरु हामी भन्दा फरवार्ड हुनु हुन्छ । आफनै कलर आफै डिजाइन दिनु हुन्छ खुशी लाग्छ । उहाँका अनुसार राम्रो छ भबिष्य अहिले सबै स्टाइलिस्ट, फेशनेबल हुँदैछ्न् ।
धेरै जसोले चाडपर्व र पार्टीमा नयाँ लुगा किन्न्रे गर्दछ्न । अझै फेशबुकले गर्दा एक पटक लगाएको लुगा पोस्ट गरेपछि अर्को पटक लगाउँदैनन् । यस्तै पटुकी डिजाइनका प्रोपाइटर बर्षा श्रेष्ठ योगी ले पनि बुटिकको बेशिक काठमाण्डौबाट अनि एडभान्स कोर्स दिल्लीको जेडि ईन्स्टिच्युट फेसन टेक्नोलोजीबाट ३ बर्षको कोर्श गरेर नेपालगन्जको न्युरोडमा दुई बर्ष अगाडी बुटिक सन्चालन ल्याउनुभएको हो ।
छोटो समयमा ग्राहकको राम्रो रेस्पोन्स र माया साथ पाएको उहाँ भन्नुहुन्छ, अहिले दशैंमा नेटको सारी, सिम्पल लुकमा गाउन, गरारा कुर्ती र हाड नेट लेहङाको अडर छ हामी काहा । हाँस्दै बुटिकको पहिरन सारै महङो छ भन्ने छ, तर एक पटक हेरेर जानुस अनि थाहा हुन्छ, सामान राम्रो हुन्छ हाम्रो कारिगड र मास्टरले बनाएको पहिरन फिलिसिङ धेरै राम्रो हुन्छ ।
कोर्ष गरेर र नगरेकोमा धेरै फरक छ । अझै हाम्रो शहरमा कोर्स गरेको डिजाइनरको महत्व खाशै छैन । सबै एउटै पहिरन बनाउछ्न । धेरै त ग्राहकको आफ्नै डिजाइन हुन्छ। कोर्समा त हामीले धेरै सिकेको छौ । केही दिनपछि काम लाग्ने छ । आफु कहाँ ५००० बाट ५० हजारसम्मको लेहङा छ । तर महङो कुनै फन्सङ या विवाह पार्टीमा मात्र हुन्छ । साधारण त ५००० देखि १०००० सम्म राम्रो नै बन्छ ।
अहिले दशेंको स्पेश्ल नेट सारी १५००० देखि १८००० सम्म राम्रो बनाएका छौ । बुटिकप्रतिको धारणा अझै प्रस्ट भैसकेको छैन । नेपालगङमा सबैले महगो हुन्छ भन्छ्न् । दशेैं तिहार या चाडपर्वको बेला पार्टी वयर र स्टाइलिस्ट पहिरन साथै नेपालगञ्जमा भइरहने बिउटी पेजिन्ट, पासनी, बिबाहको सिजनमा भने नेपालगन्जका बुटिकले राम्रै स्थान पाइरहेका छ्न ।
नेपालगन्जको बुटिकमा बिबाहको लागि ब्राइडल साधारण लेहगा ३०००० देखि शुरु छ । लेहङामा क्राउन, सारिको लागि कडेको बेल्ट, घुम्टो, भेलभेट सिलिपर, सनग्लास, पार्टी ब्याग सबै गरेर ७०, ८०, लाख ५० हजार र दुई लाखसम्मको बिक्री हुने बताउछ्न सन्चालकहरु बताउँछन् ।
फेशनलाई हेर्ने दृश्टिकोण अहिले मानिस हरु फरक हुँदै गएको छ । बिश्वमा फेसनको बजार सताब्दियौमा भित्रिएपनि नेपालमा भने पश्चिम मुलुकदेखि भारत हुँदै नेपाल छिरेको फेसन संस्कृतिले हरेक मानिस के ? बच्चा के ? बृद्धलाई समेत छोईसकेको छ ।
फेसन अहिलेको माग पनि हो, भने आवश्यकता पनि भइसकेको छ । फेसनले आत्म बिस्वाश बढाउने । तपाईको ब्याक्तित्व झल्काउने, अरुले तपाईंलाइ हेर्ने दृस्ठिकोण नै फरक हुने गर्दछ । तर याद गर्नुपर्ने के कुरा छ भने मौसम, ठाउँ, बाताबरण अनुसारको फेसन भएन भने तपाईं सबैको लागि हाँसोको पात्र बन्नुपर्ने हुन्छ ।
२१औं शताब्दीमा फेशनको बारेमा सबैले बुझन जरुरी छ । फेसन डिजाइन गरेर आफ्नो करियर बनाउन चाहनेलाई अहिले नेपालमा नमुना कलेज अफ फेसन टेक्नोलोजी आइसिसि बागबजार, लर्डबुद्द एकेडमी फाउन्डेसन मैतिदेबी, लखौटिया ईन्स्टिच्यु कुपोन्डोल, बेशिक १५ महिना र एडभान्स कोर्स ३ बर्षको कोर्स हुने गर्दछ । नेपालमै कोर्स गरेर अहिले कति पय महिला पुरुसले बिदेशमा बुटिकबाट राम्रो कमाइ गरिरहेका छ्न ।
इन्डियन सेलिब्रेटी जस्तै अहिले नेपालका प्राय सेलिब्रेटीहरुपनि फेसन कन्सेन्स भएका छ्न र अहिले उनिहरुले पर्सनल डिजाइनर राखेका छ्न । कुनै पार्टी अवार्ड, मुभी रिलिज या प्रोमोसनमा उनिहरु आफ्नो डिजाइनरद्वारा डिजाइन गरेको पहिरनमा सजिएको देखिन्छ्न ।
विश्व गौतम, युबि थापा, तेन्जिग भुटिया, नेपालका फेमस डिजाइनर हुन । उनीहरुको पहिरन हरेक मुभीमा, सेलिब्रेटीमा मात्र सिमित नभएर प्रवाशमा समेत लोकप्रीय छ ।





