हरेक हप्ता नयाँ कार्यको थालनी गर्ने योजनाका साथ मन्दिर निर्माण

नेपालगञ्ज । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालय मैनापोखरको परिसरमा कालिका भगवती मन्दिर निर्माण भएको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी प्रमुख प्रहरी निरिक्षक धर्मराज जोशीको पहलमा उक्त कालिका भगवती मन्दिर निर्माण भएको हो ।

मंगलवार जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले उक्त मन्दिरको समुद्घाटन तथा पुजा गरि मन्दिरको उद्घाटन गर्नुभएको छ ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले प्रहरी समाज परिवर्तनको लागि सोसल इन्जिनियरको भुमिका निर्वाह गर्दै आएको धारणा राख्नुभयो ।

इलाका प्रहरी कार्यालय मैनापोखरले गरेको कार्य एकदमै सह्रानिय रहेको छ यसलाई निरन्तरता दिनुपर्छ प्रहरी प्रमुख कार्कीले भन्नुभयो । पछिल्लो ७ महिना यता बर्दियाका प्रहरी कार्यालयहरुमा भौतिक पुर्वधार निर्माण कार्य तिव्रगतिमा भएको छ यसमा सम्बन्धित कार्यालयका प्रहरी प्रमुखको ठुलो भुमिका रहेको उहाँले बताउनुभयो ।

ईप्रका मैनापोखरले भौतिक पुर्वधार, सामाजिक कार्य लगायतका विभिन्न कार्य गरेको हुनाले मुल्याङकनको आधारमा सम्मान समेत प्रदान गरिसकेको एसपी कार्कीले बताउनुभयो ।

मन्दिर निर्माण कार्यले समाजमा मनैदेखिको आस्था कायम गर्न सकारात्मक सोचका साथ अगाडी बढ्न मद्दत गर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी गराउनुभयो ।

दृढ इच्छा शक्तिले गरेको कार्यप्रति सफलता अवश्य हुने भनाई निमित्त प्रजिअ शर्माले राख्नुभयो । मन्दिर समाजको लागि पुण्य कार्य भएको उहाँले बताउनुभयो ।

यस्तै जिल्ला सम्मन्वय समिति बर्दिया प्रमुख शंकर प्रसाद थारुले जुनसुकै कार्य गर्न इच्छा शक्ति अपरिहार्य रहेको बताउनुभयो । आर्थिक, सामाजिक, धार्मिक रुपले समाजलाई बदल्नुपर्ने भएको हुनाले दृढ शक्तिका साथ युवा शक्ति लाग्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

प्रहरीलाई शान्ति सुरक्षामा अझ चुस्त दुरुस्त बनाउन र प्रभावकारी बनाउन बढैयाताल गाउँपालिकाले मैनापोखर बजारमा सिसि टिभी क्यामरा जडान गरि सहयोग प्रदान गर्ने बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले भन्नुभयो । प्रहरीले गरेको कार्य अति सह्रानिय रहेको भन्दै उहाँले अझ शान्ति सुरक्षामा अमनचयन ल्याउन सहयोग प्रदान गरिने जानकारी गराउनुभयो ।

कार्यालयको समग्र सुधारका लागि, भौतिक संरचना, तथा सहकर्मी साथीहरुको सहजताका लागि हरसम्भव प्रयासरत रहने ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी प्रमुख प्रहरी निरिक्षक धर्मराज जोशीले बताउनुभयो ।

हरेक हप्ता थप नयाँ कार्यको थालनी गर्ने योजनाका साथ प्रहरी परिसरमा मन्दिर स्थापना पनि प्रथामिकतामा राखी तदारुकताका साथ निर्माण कार्यसम्पन्न गरिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय मैनापोखरले शान्ति सुरक्षा, अमनचयन, अपराध नियन्त्रण अनुसन्धान, सामुदायिक कार्यक्रम लगायत विद्यामान विकृति विसंगति विरुद्ध निश्चित कार्ययोजना बनाई समाजको सकारात्मक परिवर्तनमा अनवरत रुपमा क्रियाशिल भई निरन्तर अगाडी बढिरहेको इप्रका प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

छोटो समयमा बनाएको योजना आज सफल भएको छ निर्माण कार्यमा सघाउने सम्पुर्ण निर्माण व्यवस्थापन समितिप्रति हार्दिक कृतज्ञ व्यक्त छ उहाँले भन्नुभयो ।

मन्दिरको लागि ८ लाख ३ हजार ४ सय १ रुपैया सहयोग उठेको छ जसमा ५ लाख ४१ हजार ९ सय ९६ रुपैया नगद उठेको छ भने निर्माण व्यवसायीहरु जिन्सि सामाग्री सहयोग प्रदान भएको मन्दिर निर्माण व्यस्थापन समितिका कोषाध्यक्ष गोविन्द त्रिपाठीले बताउनुभयो ।

पुर्णरुपमा मन्दिर निर्माण गर्न अझ ३ लाख रुपैया लागत लाग्ने मन्दिर निर्माण व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगीदातालाई इप्रका मैनापोखरले प्रमाणपत्र प्रदान गरिएको छ भने प्रहरी कार्यमा योगदान पुर्याएको भन्दै दर्जन बढि प्रहरीलाई नगदसहित सम्मान गरेको छ ।

मन्दिर निर्माण व्यवस्थापन समितिको अध्यक्ष हिमालय त्रिपाठी, सचिव मोहनलाल खत्री, कोषाध्यक्ष गोविन्द प्रसाद त्रिपाठी, सदस्यहरुमा शिव सुबेदी, रविन्द्र रावल, मनिसा सुनार र किशोर कुमार थारु रहेका थिए भने अनुगमन समितिमा ११ जना पदाधिकारी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधि समाजसेवी, बुद्धिजिवी, नागरिक समाज, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments