कोरोनाबिरुद्ध टोल टोलमा माइकिङ्ग अभियान

नेपालगञ्ज । कोरोना भाइरसको जोखिम अझै टरेको छैन । तर मानिसहरुले स्वास्थ्य सुरक्षाका सवाधानी अपनाउन भने छाड्न थालेको देख्न सकिन्छ ।

कोरोनाको जोखिम भए नभएको भन्ने कुरा अहिले पनि दैनिक रुपमा प्रयोगशालाको रिर्पोटहरुले देखाईरहेको छ । अर्कोतर्फ कोरोना भाइरसबिरुद्धको भ्याक्सिन लगाउने कार्य पनि निरन्तर जारी छ ।

मानिसहरुले भ्याक्सिन लगाइयो भनेर आफु ढुक्क भएर सर्वाजनिक ठाउँमा घुमघाम, साथीभाईबीच भेटघाट जस्ता कार्यहरु गरिरहेका छन् । तर जसले अझैसम्म भ्याक्सिन लगाएको छैन, उसबाट कोेरोना सर्ने सम्भावना उच्च नै छ ।

यस्तै भारतका बिभिन्न जिल्ला क्षेत्रबाट नेपाल फर्किनेहरुको सख्या पनि उच्च छ । फर्किनेहरुमा समेत कोरोनाको जोखिम हुनसक्ने सम्भावना पनि धेरै देखिन्छ । त्यसकारण अझै पनि कोरोना बिरुद्धको जानकारी आम मानिसलाई निरन्तर दिइरहनुपर्ने आवश्यकता छ ।

यही क्रममा सामाजिक बिकास मञ्च (एस डि एफ) बाँकेले नेपालगञ्जमा कोरोना बिरुद्धको माइकिङ्ग अभियान संचालन गरेको छ । कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने भ्याक्सिन लगाउनेदेखि अन्य सावधानी बारेमा टोलटोलमा सूचना तथा जानकारी पुर्याउन मञ्चले नेपालगञ्जमा माइकिङ्ग अभियान संचालन गरेको हो ।कोरोनाको जोखिम कायमै रहकाले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेभ द चिल्ड्रेनको साझेदारीमा नेपालगञ्जमा संचालित जोखिम संचार र सामुदाय संलग्नता परियोजनामार्फत जनचेतनामुलक माइकिङ्ग गर्ने काम गरेको परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनभुयो ।

अभियानका क्रममा टोल टोलमा पुगेर कोरोनाबिरुद्ध लड्नका लागि अपनाउने सावधानीका बारेमा समेत मौखिकरुपमा बुझाउने गरिएको परियोजनाका सुपरभाईजर सहजराम यादवले बताउनुभयो ।

यस्तै नेपालगञ्जमा यही असोज २२, २३ र २४ गते संचालन भएको कोरोना बिरुद्धको खोप अभियानबारेमा जनस्तरमा जानकारी पुर्याउन समेत माइकिङ्ग गरिएको बताइएको छ ।
दुई चरणमा आएको कोरोना महामारीले थुप्रै क्षेत्र प्रभावित भएका छन् ।

त्यसमा पनि मानिसलाई सबैभन्दा बढि प्रभावित बनाएको छ । बिश्वका धेरै देशहरुमा कतिपय परिवारले आफ्ना सदस्य पनि गुमाएका छन् । त्यस कारण जोखिम नटरेकाले महामारीसंग लड्न अपनाउनुपर्ने सावधानी अझै जारी राख्न जरुरी छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments