
नेपालगञ्ज । हिन्दुहरुको महान पर्व बडादशैको अवसरमा घटस्थापनाका दिन राखिएको दुर्गा माता (भवानी) को मुर्ति नौ दिनपछि शनिबार बिर्सजन गरिएको छ ।
हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजा आजा गरेर राखिएको मुर्ति शनिवार स्थानीय स्थानीय राप्ती नदिस्थित सिधनिया घाटमा विसर्जन गरिएको छ ।
बाँके जिल्लाका दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला तथा नदिमा बिर्सजन गर्ने गरिएको छ, तर बाँकेमा धेरै जसो ठाउँमा राखिएको दुर्गा मुर्ति राप्ती नदिस्थित सिधनिया घाटमा बिर्सजन गरिएको हो ।
नेपालगञ्ज लगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बजार क्षेत्रको परिक्रमा गराई डुडुवा गाउँपालिका वडा नं ४ कम्दीस्थित राप्ती नदीको सिधनिया घाटमा विसर्जन गरिएको छ ।
बाँके जिल्लामा यस पटक कति स्थानमा मुर्ति राखियो भन्ने यकिन तथ्याँक नभएपनि करिब हजार पाँच हजार स्थानमा दुर्गा मुर्ति राखिएको आँकलन गरिएको छ ।









