
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रभरिको दुर्गा माताको मुर्ति गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा बिसर्जन गरिएको छ ।
गाउँपालिका क्षेत्रमा राखिएको दुर्गा मुर्ति गाउँपालिका अध्यक्ष शाहको नेतृत्वमा सौहार्दपूर्ण वातावरणमा शनिबार बिसर्जन गरिएको हो ।
अध्यक्ष शाह नरैनापुरदेखि राप्ती नदीसम्म पुगेर मुर्ति बिसर्जन कार्यमा सहभागी भएको नरैनापुर गाउँपालिका वडा नं २ का अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो ।
नरैनापुरको मुर्ति बिसर्जन एक दमै शान्त वातावरणमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष शाहले प्रतिक्रिया दिनुभयो ।
मुर्ति बिसर्जनमा ४ सय बढि सवारीसाधन प्रयोग गरिएको थियो भने मुर्ति बिसर्जन नरैनापुर ४ हुलासपुरस्थित राप्ती नदीमा गरिएको थियो ।
६ वटा वडाभित्र ५२ स्थानमा यसपाली दुर्गा मुर्ति राखिएको स्थानीय अरुण यादवले जानकारी दिनभुयो ।











