सुर्खेतबाट काठमाडौं जाँदै गरेकाे बसमा आगलागी

नेपालगन्ज । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ ।

ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ ।

बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।

बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

Previous articleजोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालन
Next articleजोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी संचालित कार्यशाला सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here