फेसबुकको नाम अब ‘मेटा’

काठमाण्डौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् ।

एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् ।

जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ ।

Previous articleकिशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्यकर्मीलाई तालिम
Next articleरूकुम पश्चिममा एक बालिकामाथि बलात्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here