
सुर्खेत । रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ।
जाजरकोटकी ती बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको घटना बाहिरिएको हो ।
उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन् ।
जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।
बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
बालिकामाथि बलात्कार भएको सम्बन्धी जाहेरी दर्ता भइसकेको र अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
साथै बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ ।
बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।





