नेपालगञ्जमा बालबालिकाहरुको पोषणस्थिति मापन गरिँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा रहेका बालबालिकाहरुको पोषणस्थिति मापन अभियान शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमार्फत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण मापन अभियान संचालन गरिएको हो ।

उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतका अनुसार नेपालगञ्जमा सबै वडाहरुको बालबालिकाहरुको पाखुराको मध्य परिधि भएको नाम कार्तिक १२ गते साउथ ग्रुपका वडाहरुमा र १३ गतेका लिन नर्थ ग्रुपका वडाहरुमा संचालन गरिएको छ ।

सबै वडामा महिला स्वास्थ्य स्वयंसेविकाद्धारा आआफ्नै टोलमा मापन गरिने हुँदा सो उमेर समूहका बालबालिकाहरुको पोषण मापन गराउन उपमहानगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

सुआहारा कार्यक्रम र बिग्रुपको समन्वयमा नेपालगञ्ज उपमहानगरपालिकाले यो अभियान संचालन गरेको हो ।

Previous articleरूकुम पश्चिममा एक बालिकामाथि बलात्कार
Next articleसामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here