
नेपालगञ्ज । नेपालका लागि नेपाली पार्टी बाँके तदर्थ समितिको दोस्रो बैठक शनिबार बसेर बिभिन्न निर्णय गरेको छ ।
बाँके जिल्ला अध्यक्ष अमरदिप राईको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं बाँके जिल्ला संयोजक सुदिप भट्टाईको बिशेष उपस्थितिमा शनिबार बागेश्वरी मन्दिरको पार्कमा दोस्रो बैठक बसेको हो ।
बैठकले चाड पर्वको अवसरमा सम्पुर्ण नेपालीहरुमा शुख, शान्ति, समृद्धिको शुभकामना दिएको छ । यस्तै छिट्टै बाँकेमा पार्टीको कार्यालय स्थापना गर्ने तर कार्यालय स्थापना नहुँदासम्म बाँके संयोजक भट्टराईको घरमा रहेको एक कोठाबाट सम्पूर्ण प्रशासनिक कार्य संचालन गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी सम्पूर्ण चाड पर्वसकिएलगत्तै पालिकास्तरमा पार्टीको शाखा बिस्तार गर्ने समेत निर्णय गरेको जनाइएको छ ।
कार्यसमिति पदाधिकारीहरु भोलानाथ आचार्य, ढकनाथ सापकोटा, ओमकार स्वदेशी, पारस जंग कुवँर, हरिबाबु घिमिरे र रामफेरन कोरीको उपस्थिति रहेको बैठकलाई जिल्ला सचिव कृष्ण बहादुर श्रेष्ठले संचालन गर्नुभएको थियो ।





