
नेपालगन्ज । जिल्ला बिकास समिति बाँकेका पुर्ब सभापति ओम जङ राणाको निधन भएकाे छ ।
७६ वर्षीय राणाकाे उपचारका क्रममा काठमाडौंमा आईतवार बिहान निधन भएको हाे ।
राणालाई छातीमा असहज भएपछि आईतवार बिहान ४ बजे अल्का अस्पताल काठमाण्डाैमा लगिएको बेला निधन भएकाे हाे ।
राणाको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं-२२ पुरैनी निवासी राणा लामो समयदेखि अस्वस्थ हुनु हुन्थ्यो ।
बाँके जिल्लाको भूगोल लगायत समग्र अवस्थाबारे पुर्ण दखल राख्नु हुने काङ्ग्रेस नेता राणा बिकासप्रेमी नेताका रुपा परिचित हुनुहुन्थ्यो ।





