हवलदापुरमा कारको ठक्करबाट एक युवकको मृत्यु

नेपालगञ्ज । कोहलपुर नगरपालिका वडा नं १४ हवलदापुरमा आइतबार राती कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

राती करिब ८ बजेको समयमा शिखर प्लाईउड फैक्ट्री नजिकै कारले ठक्कर दिँदा हवलदापुरका स्थानीय ३२ वर्षीय वर्षीय विनोद अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले बाटो काटने क्रममा अधिकारीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अस्थायी प्रहरी चौकी हवलदापुरका प्रमुख चिन्कु चौधरीले जानकारी दिनुभयो । राती साढे ११ बजेसम्म पनि ठक्कर दिने कार पत्ता नलागेको उहाँले बताउनुभयो ।

Previous articleडुडुवामा कन्या मुद्दती खाता : छोरीको पढाइ र विवाहको चिन्ता हट्यो
Next articleनेपालगञ्जबाट भन्सार छलिको कपडा, सुर्ति लगायका सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here