कांग्रेस बाँकेको गाउँ र नगरको निर्वाचन एक दिन सर्यो

file photo

बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको गाउँपालिका र नगरपालिका तहको निर्वाचन कार्यक्रम एक दिन पछाडी सार्ने निर्णय भएको छ ।

जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको अध्यक्षतामा सोमबार बसेको बैठकले वडा तहको निर्वाचन परिणाम आउन ढिलो हुँदा पालिका तहको मतदाता नामावली इन्ट्री गर्न समय अभाव भएकाले उक्त निर्वाचन कार्यक्रम एक दिन पछाडी सार्ने निर्णय गरिएको हो ।

वडा तहको निर्वाचन परिणाम ढिलो आउँदा क्षेत्रीय प्रतिनिधीको नामावली तयार गर्ने कार्य चलिरहेको हुँदा निर्वाचन कार्यक्रम एक दिन पछाडी सार्ने निर्णय गरिएको जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिनुभयो ।

वडा तहको मत परिणाममा भएको ढिलाईका कारण मंसिर १ गते जिल्लाको ८ वटै पालिकामा उम्मेदवारी मनोनयन कार्यक्रम र मंसिर २ गते मतदान सम्पन्न गरिने सहायक निर्वाचन अधिकृत शाहीले बताउनु भयो ।

यसअघि सार्वजनिक भएको निर्वाचन तालिका अनुसार गाउँपालिकारनगरपालिका तहको उम्मेदवारी मनोनयन कात्तिक ३० गते र मतदान मंसिर १ गते गर्ने तय भएको थियो ।

समितिको बैठकमा जिल्लाको ८ वटा पालिकामा मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारी पर्याप्त संख्यामा खटाउने विषयमा पनि ब्यापक छलफल भएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारीको टुंगो लगाएर उनीहरुलाई अभिमुखिकरण कार्यक्रमसहित निर्वाचन सामाग्री दिएर अघिल्लो दिन नै कार्यक्षेत्रमा खटाइने समितिका सदस्य एवम् प्रजातान्त्रिक प्राध्यापक संघ बाँकेका अध्यक्ष अशोक बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार पालिका स्तरको निर्वाचन सम्पन्न गर्न कानुन ब्यवसायी, शिक्षक, प्राध्यापक र नेपाल प्रेस युनियनका सदस्यलाई परिचालन गर्ने निर्णय भएको छ ।

बैठकमा निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत भट्टराई, सह(संयोजक एवम् सहायक निर्वाचन अधिकृत (अधिवक्ता) शाही, परिचालन समितिका सदस्यहरु क्रमशः वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली सहभागी हुनुहुन्थ्यो ।

जिल्ला निर्वाचन परिचालन समितिका सचिव ९अधिवक्ता० प्रभाकर भट्टराईका अनुसार बाँकेका कुल ८१ वटा वडामध्ये सोमबार बेलुकासम्म ७० वटा वडाको रिपोर्ट प्राप्त भएको छ, भने ११ वटा वडाको रिपोर्ट अझै आउन बाँकी छ ।

प्राप्त भएका रिपोर्टलाई इन्ट्री गर्ने काम भइरहेको भट्टराईले जानकारी दिनुभयो । ‘हामीले पुर्व निर्धारित तालिका अनुसार नै गाउँपालिका नगरपालिका तहको निर्वाचन गराउने धेरै प्रयास गरेका हौं, तर वडा तहको निर्वाचन परिणाम आउन ढिलो भयो र प्राप्त रिपोर्टलाई इन्ट्री गर्ने समयको अभाव भयो,’ उहाँले भन्नुभयो ।

Previous articleखरिद बिल नदेखाउने पसललाई पाँच हजार जरिवाना
Next articleबिप्लवका एक बन्दकर्ता नेपालगञ्जबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here