
बाँके । नेपालगञ्जमा बन्द गराउँदै हिडेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्र विप्लव चन्द नेतृत्वको नेकपाले गरेको बन्द सफल बनाउन हिडेका नेकपा विप्लव पार्टीका एक कार्यकर्तालाई प्रहरीले मंगलबार बिहानै नेपालगञ्जबाट पक्राउ गरेको हो ।
नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडी सडकमा गुडिरहेका ई रिक्सा र मोटरसाइकलका साँचो जबरजस्ती बन्दै तान्दै गरेका सुर्खेतको पन्चपुरी नगरपालिका वडा नं ११ का ३३ वर्षीय पुष्कल कुमार माझीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार माझी हाल जानकी गाउँपालिका वडा नम्बर ३ बस्दै आएका छन् । बिप्लवले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा सामान्य रहेको छ । जिल्लाका सबैक्षेत्रमा सामान्य रहेको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।
नेपालगञ्जमा लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु भएका छन् भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन । त्यसैगरी, बिद्यालय बन्द रहेका छन भने बजार आंशिक रुपमा खुलेको छ ।





