कांग्रेस नेपालगञ्ज नगर सभापतिमा बिष्ट निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस नेपालगन्ज नगर सभापतिमा प्रशान्त बिष्ट निर्वाचित हुनुभएको छ । बिष्ट २४३ मतका साथ तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

विष्टका निकटतम् प्रतिद्वन्दी उमा थापा मगरले ७० मत पाउँदा रिजालले ४१ मत पाउनुभयो । नेपालगन्ज नगर अधिबेशनमा पदाधिकारी सबैमा प्रशान्त बिष्ट प्यानल विजयी भएको छ ।

बिष्ट प्यानलबाटै उपसभापतिमा धनराज बर्मा र मो.कमाल अन्सारी विजयी हुनुभएको छ । त्यस्तै सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे निर्बाचित हुनुभयो ।

सहसचिवमा बिष्ट प्यानलकै मार्टिन वली क्षेत्री र शरदराज अधिकारी विजयी हुनुभयो । नयाँ नेतृत्व चयन गर्न बिहिीबार भएको मतदानमा ३८२ मध्ये ३७७ मत खसेको थियो ।

Previous articleटी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास
Next articleकोरोना बिरुद्धको खोपको महत्वबारे शन्देश प्रवाह गर्न घरदैलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here