कोहलपुर-६ बाल विवाह मुक्त घोषणा, बैजनाथ पनि घोषणा हुँदै

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको वडा नं ६ बाल विवाह मुक्त वडा घोषणा भएको छ ।

वडालाई सोमबार एक कार्यक्रमकाबीच जिल्लाको २९ औं वडाका रुपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको बिशेष उपस्थितिमा वडालाई घोषणा गरिएको छ ।

योसंगै कोहलपुरका ५ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । यसअघि कोहलपुरको वडा नं ११ लाई गत बिहीबार बालविवाह मुक्त घोषणा गरिएको थियो ।

यस्तै त्यसअघि कोहलपुरको वडा नम्बर १, १२ र १३ बालविवाह मुक्त घोषणा भइसकेका छन् । यस्तै मंगलबार बाँकेको बैजनाथ गाउँपालिकालाई समेत बाल विवाह मुक्त पालिका घोषणा गर्न लागिएको छ ।

योसंगै बैजनाथ बाँकेको दोस्रो बाल विवाह मुक्त घोषणा हुने स्थानीय तह बन्नेछ भने बाँकेको जानकी गाउँपालिका जिल्लाकै पहिलो बाल विवाहमुक्त स्थानीय तह घोषणा भइसकेको छ ।

Previous articleचितुवाको छालासहित दुई जना पक्राउ
Next articleबाँकेको बैजनाथ गाउँपालिका पनि बालविवाह मुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here