खजुरा गाउँपालिका वडा नं.५ र ६ वाल विवाह मुक्त घोषणा

नेपालगन्ज । खजुरा गाउँपालिका वडा नं.५ र ६ लाई पनि वाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बुधवार एक समारोहका वीच दुई वडालाई संयुक्तरुपमा वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

दुबै वडामा गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले २ वडालाई बालविवाहमुक्त वडा बनाइएको हो ।

बाल विवाहमुक्त घोषणा गर्न २० प्रतिशतभन्दा तल हुनु पर्नेमा खजुरा गाउँपालिका वडा नं. ५ मा ४ दशमलव ५४ प्रतिशत र वडा नं. ६ मा १२ दशमलव ५ प्रतिशत मात्र बालविाह देखिएकाले ती वडालाई घोषणा गरेर कार्यान्वयनको दिशामा अगाडि बढाइएको छ ।

बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले दुबै वडालाई बाल विवाह मुक्त घोषणा गरेर प्रमाणपत्र वडा नं.५ का वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठ र वडा नं.६ का वडा सदस्य जगबहादुर कामीलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष कक्षपतिले वालविवाहमुक्त भएका वडालाई पूर्णरुपमा बालविवाहमुक्त गराउन सरोकारवाला निकायले चासो लिनु पर्ने बताउनुभयो ।

उहाँले खजुरा गाउँपालिका वडा नं.५ र ६ मधेशी र मुस्लिम बाहुल्याता भएको ठाउँ भएकाले सो ठाउँमा शिक्षा लगायतका कार्यक्रममा स्थानीय सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

वडा नं. ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.६ लाई विभिन्न सुचक पार गर्दै बाल विवाह मुक्त हुँदाको अवस्थाबारे खजुरा गाउँपालिका महिला विकास शाखा प्रमुख सुशीला न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै वर्षभर ७२ वटा विवाह दर्ता भएकोमा एउटा पनि बाल विवाह नरहेको र प्रहरी कार्यालयमा पनि कुनै उजुरी नपरेको बताउनुभयो ।त्यस्तै वडा नं.५ मा प्रतिवेदन सुनाउँदै स्याककी विनिता आरसीले वर्षभर ८८ वटा विवाह दर्ता भएकोमा एउटा पनि बालविवाहको विवाह दर्ता नभएको र प्रहरी कार्यालयमा पनि बालविवाहको मुद्दा शून्य रही बालविवाहमुक्त गर्न मापदण्ड पूरा भएको बताउनुभयो ।

हामी सबैको प्रतिवद्धता ः बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ भएको घोषणा कार्यक्रममा प्लान नेपालका भुवन चटौत, स्याक नेपालका शिवलाल पाण्डे, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले चेतनास्तरलाई अगाडि बढाएर पूर्ण कार्यान्वयनको दिशामा लैजानु पर्नेमा जोड दिनुभयो ।

दुबै वडालाई बालविवाहमुक्त गर्न सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, लेखा अधिकृत प्रदीप सुनारले लगायतले सम्मान गर्नुभयो ।

खजुरा गाउँपालिका इन्जिनियर प्रकाश सिजापतिले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सरोज देवकोटाले व्यक्त गर्नुभयो । प्लान नेपाल, स्याक नेपाल, बाल क्लव संजाल, किशोरी क्लव, युवा क्लव लगायतको सहकार्यमा बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

घोषणाअघि वडा नं. ५ र ६ को वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली उढापुर परिक्रमा गरी सभामा परिणत भएको थियो । खजुरा गाउँपालिका वडा नं. १ र ३ यसअघि नै बालविवाहमुक्त घोषणा भइसकेका छन् ।

Previous articleमाधवरामको त्याग र निष्ठा र साधारण जीवन शैली
Next articleबाँके क्षेत्र नं ३ को सभापतिमा खाँ पुन : निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here