बाँके क्षेत्र नं ३ को सभापतिमा खाँ पुन : निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा मोहम्मद नकी खाँ निर्वाचित हुनुभएको छ ।

बुधबार रहेको मनोनयन दर्ताको समयससम्म प्रतिद्धन्द्धीमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि खाँ पुन ः दोस्रो कार्यकालका लागि क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का मतदान अधिकृत विरेन्द्र यादवले खाँ निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार आदीवासी जनजाती, दलित महिला, खस आर्य लगायत समानुपातिक पदका क्षेत्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

Previous articleखजुरा गाउँपालिका वडा नं.५ र ६ वाल विवाह मुक्त घोषणा
Next articleउद्यमशीलता सम्बन्धी दुई दिने सचेतना तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here