निष्ठा र आदर्शको राजनीतिमा अग्रसर बस्नेतको सभापति पदमा उम्मेदवारी किन ?

नेपालगञ्ज । नेपाली कांग्रेस पुरानो पार्टीको रुपमा परिचित छ । कांग्रेसको नेतृत्वमा देशमा थुप्रै परिवर्तन भए भने त्यही परिवर्तनका लागि आन्दोलन थालेका कतिपय नेता कार्यकर्ताले जेल नेलसम्म भोग्न पर्यो ।

तर कांग्रेस अहिलेको कांग्रेस जस्तो नभएर पहिलाको जस्तै समाजवाद भएको कांग्रेसको आवश्यकता युवा पुस्ता चाहन्छ । अहिले देशभरि नै कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ ।

यो महाधिवेशनबाट राम्रो नेतृत्व आउनुपर्छ भन्ने सबैको चासो पनि उत्तिकै छ । जसले कांग्रेसलाई देशको पुरानो पार्टी र समाजवादको सिधान्तमा तल्लीन रही सबै अट्ने कांग्रेस बनाउन सकोस । तर कतिपय जिल्ला, क्षेत्र र नगरमा हैकमबाद हावीका कारण उचित व्यक्ति कांग्रेसको नेतृत्वमा आउन नपाएको अवस्था छ ।

पार्टीलाई बलियो बनाउन र सबै अट्ने बनाउने दौडमा लाग्नुभएको छ, दाङ क्षेत्र नं १ महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत । समाजवादको सिद्यान्तमा अडिग रहनुभएका बस्नेतले जिल्लाको सभापति पदमा उम्मेदवारी दिनुभएको छ । राजनीतिक संस्कार, लोकतान्त्रिक बिधि र अनुशासित व्यवहारको पक्षमा रहनुभएका बस्नेतले सभापति पद निर्वाह गर्न सक्ने भएकाले नै उम्मेदवारी दिनुभएको छ ।पार्टीको सभापति हुनका लागि उहाँको पार्टीमा लामो समयदेखि योगदान रहेको छ । २०३६ सालमा उहाँले कांग्रेसबाट राजनीतिक यात्रा शुरु गर्नुभएको छ । राजनीतिक यात्रासंगै समाजलाई असल बाटोमा डोर्याउन उहाँले असल सल्लाह दिन कहिल्यै छाड्नु भएन ।

सदैब सहयोगी भावना बोक्ने बस्नेतले कांग्रेसको भातृ बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघ)को जिल्ला सभापतिको जिम्मेवारी पनि कुशलता पुर्वक निर्वाह गर्नुभयो । २०४८ सालमा उहाँले नेबिसंघको जिल्ला सभापति भएर जिल्लामा कांग्रेसका संगठनलाई बलियो बनाउने काम गर्नुभयो ।

यही क्रममा २०५४ सालमा उहाँ तत्कालिन जिल्ला बिकास समितिको सदस्य हुनुभयो । राजनीतिसंगै समाजसेवामा समेत सक्रिय बस्नेत दुःख पिडामा रहेकाहरुलाई आफुले या आफुबाट नभएको अवस्थामा हुनसक्ने ठाउँबाट सहयोग गर्न पछि पर्नुभएन ।

राजनीतिक यात्राकै क्रममा उहाँ २०५१ सालमा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिको उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्नुभयो । यही क्रममा २०७४ मा देशमा संघीय संरचना अन्तर्गत भएको स्थानीय निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित हुनुभयो ।

उहाँले दाङ क्षेत्र नं १ प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा उहाँ रेवती रमण शर्मासंग पराजित हुनुभएको थियो । तर पनि उहाँले आफ्नो राजनीतिक यात्रालाई जारी छोडनुभएन । अहिले कांग्रेसमा देखिएको प्रवृतिको उहाँ बिरोध गर्नुहुन्छ ।

कांग्रेसमा अहिले देखिएको घुसपेट, अराजकताले पार्टीको छवि नष्ट गर्ने दिसातर्फ लग्दै जाने उहाँको बुझाई छ । अराजकता, भोट प्रभावित गर्ने कुराहरु निरुत्साहित गर्नुपर्छ । उहाँ आफुलाई जहिले नै निष्ठा, आदर्शको राजनीतिलाई अंगाल्नुभएको छ र अरुलाई पनि उहाँले यही कुरामा समर्थन जनाउने गर्नुभएको छ ।

२०२० सालमा तत्कालिन राजपुर गाउँ बिकास समिति, हाल राजपुर गाउँपालिका वडा नं ७ मा जन्मिनुभएका बस्नेले राजनीतिक शास्त्रमा स्नातक गर्नुभएको छ । आफुलाई अब्बल उभ्याउन उहाँले हालसम्म पार्टीको सिद्यान्त बिपरितका कार्यमा समर्थन जनाउनुभएको छैन, यही कुराले उहाँलाई पार्टीमा राम्रो छबि भएको नेताका रुपमा कार्यकर्ताले लिने गरेका छन् ।

Previous article३५ जना अति बिपन्न बालबालिकालाई छात्रबृति प्रदान
Next articleस्थानीय शिक्षा नीति निर्माण सम्बन्धी ठाकुद्धारामा कार्यशाला शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here