
बर्दिया । प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारी तथा शिक्षा बिकास तथा समन्वय इकाई बर्दिया र बर्दिया जिल्लाका ७ वटै स्थानिय तहको समन्वयमा स्थानिय शिक्षा नीति निर्माण कार्यशाला बर्दिया जिल्लाको ठाकुद्धारामा आजदेखि शुरु गरिएको छ ।
कार्यशाला सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे को अध्यक्षतामा शूरु भएको कार्यक्रममा अतिथिका रुपमा मधुवन नगरपालीका प्रमुख प्रसाशकिय प्रमुख ओमकार शाह, को आतिथ्यतामा उदधाटन सत्र शुरु गरिइको थियो ।
कार्यशाला मा सहभागीहरुलाइ स्वागत गदै प्लान इन्टरनेशनल नेपालका शिक्षा बिज्ञ बेद प्रसाद डागींले बर्दिया जिल्लाका ८ वटै पालीकाहरका गुणस्तिरिय शिक्षा लाइ निरन्तरता दिनका नीति आबश्यक रहेको र बालबिकास केन्द्र देखि कक्षा ८ सम्मको शिक्षा स्थानिय तहको जिम्मा भएको हुदा गुणस्तिरिय शिक्षा उपलब्ध गराउनका लागी स्थानिय शिक्षा नीति निर्माण गर्न आबश्यक रहेको छ बर्दिया जिल्लाका धेरै स्थानिय असल अभ्यास तथा यसको दिर्गकालिन रुपमा निरन्तरता दिनका लागी प्रयास गरिएको पाएको देखिन्छ ।
शैक्षिक नीतिले व्यक्ति, परिवार, समुदाय र मुलुकको वर्तमान र भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले शिक्षा नीतिले बाल चाहना, जनचाहना एवं संविधानको भावना र मर्मलाई पनि आत्मसाथ गरि अगाडी बढाउन आबश्यक रहेको छ नेपाल सरकारले ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ सबैको लागि अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षा जस्ता कुरा रणनीति भित्र राखेकाले स्थानिय तहको शिक्षा नीति निमाण गर्नुपर्ने बताउनु भयो ।
भने प्रमुख प्रशासकिय प्रमुख ओमकार शाहले कार्यशालाको सुभकामना दिनुका साथै प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले संचालन गरेका शिक्षा क्षेत्रका गतितिबिहरु र्दिगकालीन रुपमा बिधालयमो शैक्षिक गुणस्तरमा टेवा पुर्याएकोले पुन यस कार्यशालाले स्थानिय शिक्षाको गुणस्तरिय शिक्षाका लागी शिक्षा नीती निर्माण हुने छ ।
यसका लागी स्याक नेपाल बाँकेलाइ बिषेश धन्यबाद दिनुभएको छ । सस्थाले बाँके र बदिया जिल्लाका स्थानिय तहसंगको समन्वयमा प्लान इन्टरनेशनलको साझेदारिमा परियोजना मार्फत काम गरिरहेको र बिगतमा गुणस्तरिय शिक्षा का लागी टेवा पु्याएको र बिभिन्न खालका बि.ब्य.स. शिक्षकहरुको क्षमता बिकासमा काम गरिरहेको र आगमी दिनका यसलाइ निरन्तरता दिने बताउदै यहाहरुको सक्रिय सहभागीताको लागी सस्थाको तर्फदेखि धन्यबाद दिदै कार्यशाला गोष्ठाको सफताको सुभकामना ब्यक्त गर्नुभएको छ ।
३ दिन सम्म संचालन हुने कार्यशाला मा आठवटा स्थानिय तहको स्थानिय शिक्षा निति निर्माण हुने गरि कार्ययोजना बनाएको छ । कार्यशालामा बर्दिया जिल्लाका ८ बटा स्थानिय निकायका शिक्षाशाखा प्रमुख एवम प्रतिनिधि, सामाजिक बिकास समितीका पदाधिकारी, शिक्षा समितीका पदाधिकारीहरु जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको छ ।
मंसिर १० देखि १२ सम्म संचालन हुने कार्यशालामा सहजिकरण डा. हरि प्रसाद पोखरेल,जगत बहादर आलेमगर, प्लान इन्टरनेशनल नेपालका सिकाइ परियोजना बिज्ञ बेद प्रसाद डागींले गर्नुहुने जानकारी परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।





