
कोहलपुर । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिद्धन्द्धी संस्थापन (देउवा) पक्षका माधवराम खत्री (ढकाल) लाई ४७ मतले हराउँदै संस्थापन इतर (कोइराला रपौडेल) पक्षका केसी निर्वाचित हुनुभएको हो ।
कुल ६ सय १ मत खसेकोमा केसीले ३ सय १६ र खत्रीले २ सय ६९ मत प्राप्त गरेको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिनुभयो ।
यस्तै सचिवमा निर्वाचित हुनुभएका संस्थापन इतर पक्षका खुमबहादुर बस्नेतले ३ सय १ र संस्थापन पक्षका जयश्वर पौडेलले २ सय ९० मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी बजारु थारु र लालबहादुर रानाले समान २ सय ८० मत ल्याउनुभयो ।
यसैगरी सहसचिवमा निर्वाचित हुनुभएका संस्थापन पक्षका दिपेन्द्र उप्रेतीले ३ सय १२ र संस्थापन इतर पक्षका रामबहादुर रावतले २ सय ९० मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी देवनारायण काफ्लेले २ सय ८३ र हरिशंकर पाण्डेले २ सय ७० मत प्राप्त गर्नुभएको छ ।





