सबै अट्ने पार्टी हो जसपा : पूर्व प्रधानमन्त्री भट्टराई

रमेशकुमार यादव
नेपालगञ्ज । बाँकेमा जनता समाजवादी पार्टीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपालगञ्जमा शुक्रबार स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम गरेको हो ।

भेलालाई सम्बोधन गर्दे पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संघीयताको अरु पार्टी नभई जनता समाजवादी पार्टी मात्र सम्भाव रहेको दावी गर्नुभयो ।

“हामी मधेसी, मुस्लिम, थारु, जनजाति, खास, दलित, गरिब सबै मिलि एकजुट भइ समृद्ध सुशासनसहितको समाजवाद देश बनाउनुपर्छ,” नेता भट्टराईले भन्नुभयो, “अहिले हाम्रो निर्णायक सरकार भएपनि अर्को पटक हामी सरकार आफै बन्नुपर्छ ।”

“हामी सबै बराबर हो । आसन राजा महाराजलाई चाहिन्छ । हामी त चौतारी भुमिमा बसेर सम्मान हुनुपर्छ । सरकारको सेवा सुबिधा निःशुल्क हुनुपर्छ । चुनावमा नभएर बिकासका योजनामा बजेट खर्च गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

भेलालाई पुर्व मन्त्री अशोक राई र पुर्व शहरी बिकास मन्त्री इश्तियाक राईको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले संचालन गर्नुभएको थियो ।

Previous articleकांग्रेस बाँके क्षेत्र नं-१ को सभापतिमा पोषण केसी निर्वाचित
Next articleकांग्रेस बाँके सभापति पदमा उठ्ने पूर्व सभासद बादशाह कुर्मीको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here