
नेपालगञ्ज । नेपाल र भारतका उर्दू साहित्यकारद्वारा नेपालगञ्जमा मासिक गजल गोष्ठी सम्पन्न भएको छ ।
वडा नं-८ स्थित महेन्द्र पुस्तकालयको हलमा शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित मासिक गजल गोष्ठीमा नेपाल र भारतका उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
सो कार्यक्रममा संबिधानसभा सदस्य सर्वतआरा खानमका पिता नेपालगन्जका निवासी वरिष्ठ उर्दू शायर स्व.फारुक अहमद आरफीले नेपालगन्जमा उर्दू साहित्यकारहरुको जग बसाल्नुभएको थियो ।
सोही दिनको अवसरमा उहाँले बसालेको जगलाई अझै बलियो बनाई गुल्जार–ए–अदब बाँकेलाई संबिधान सभा सदस्य खानमले धन्यवाद दिदैं उर्दू साहित्यकारको लागि एउटा भवन हुन जुरुरी रहेको र सो भवन बनाउन आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अवधी साँस्कृतिक बिकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवको अध्यक्षतामा भएको गोष्ठी उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना तथा ईस्लाम धर्म गुरु अन्सर नेपालीले गजल कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा संबिधान सभा सदस्य खानम, गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सचिव मोहम्मद मुस्तफा अहसान कुरैशी, अन्सर नेपाली, मेराज अहमद (हिमाल), सभासद् तथा उर्दू साहित्यकार अव्दुल हमीद सिद्दीकी (भोला), इल्लियास अन्सारी, सर्वर नेपाली, जमील अहमद हाशमी, भारतका अन्जुमन शहकारे उर्दू उत्तर प्रदेशका अध्यक्ष शरिक रब्बानी, नानपाराका निवासी रसीद ह्यात, मोहम्मद यूसुफ आरफी, युवा उर्दू साहित्यकार समीर अली बेहना लगायतले “आस्तीनों में भी साँप पाले गये” मिश्ररामा आ–आफना गजल वाचन गर्नुभएको थियो ।





