कोरोना बिरुद्धको खोपबारे घरदैलो

नेपालगञ्ज । कोरोना बिरुद्धको खोप लगाए/नलगाएको बारेमा नेपालगञ्जको वडा नं १५ र २१ मा घरदैलो गरिएको छ ।

नेपालगञ्जमा संचालित जोखिम संचार र समुदाय संलग्नता परियोजना अन्र्तगत आइतबार र सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ र २१ का गाउँहरुमा दुई दिन घरदैलो गरिएको हो ।

कोरोना भाइरस बिरुद्धको खोप कार्यक्रममा सहभागि भएका/नभएका व्यक्तिहरुको पहिचान गर्न तथा जनचेतना जगाउने उद्देश्यले घरदैलो कार्यक्रम गरिएको जनाइएको छ ।

घरदैलोका क्रममा कोरोना बिरुद्धको खोप लगाएका र नलगाएका घरदुरीमा स्टीकर समेत टाँस गरिएको छ । उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले घरदैलो गरेको हो ।

कोरोना बिरुद्धको खोप नलगाएको घरमा रातो, कमैले मात्र खोप लगाएको घरमा पहेलो स्टीकर र खोप लगाउने उमेरका परिवारका सबैले सदस्यले खोप लगाएको घरमा हरियो स्टीकर टाँस गरिएको परियोजना सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।

Previous articleकोभिड–१९ विरुद्ध नेपालगञ्जमा सडक नाटक प्रदर्शन
Next articleवनको जग्गामा बनाइएका ५ गोठ भत्काइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here