५५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार भारतबाट आउँदै गरेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँकेको राप्तीसोनारी गाउँपालिका बस्नेत ३२ वर्षीय सुवास विकलाई पक्राउ गरेको जनाएको हो ।

उनीहरुसंग लागुऔषध ब्राउसुगर जस्तो देखिने कालो प्लाष्टिकमा बेरी राखेको धुलो पदार्थ ५५ ग्राम बरामद भएको छ । उनीहरुलाई साँझ ७ बजेको समयमा जमुनाहा चेक पोष्टमा, जमुनाह प्रहरी चौकी र लागु औषध नियन्त्रण व्यूरोको टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Previous articleनेपालगञ्ज-२१ को बिर्ता गाउँमा कोरोना बिरुद्ध घरदैलो
Next articleवण्डर ल्याण्ड फर्न पार्कद्धारा रक्तदान, ३५ जना सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here