वण्डर ल्याण्ड फर्न पार्कद्धारा रक्तदान, ३५ जना सहभागि

नेपालगञ्ज । वण्डर ल्याण्ड फन पार्कले रक्तदान जीवनदान मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.२० मनिकापुर सुर्खेरोड स्थित रहेको वण्डर ल्याण्ड फन पार्कले आयोजना गरेको रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता, समाजसेवी, वण्डर ल्याण्ड फन पार्कका कर्मचारी लगायत ३५ जना महिला, पुरुषले रक्तदान गरेका छन् ।

वण्डर ल्याण्ड फन पार्कका म्यानेजर क्षितिज श्रेष्ठले १ पिन्ट रगत दिएर रक्तदान कार्यक्रममा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

वण्डर ल्याण्ड फन पार्कका एमडी शिवाँशु यादव र म्यानेजर क्षितिज श्रेष्ठले संयुत रुपमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्राविधिक सुनिता कुमाई र ममता खडकालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।

यसरी रक्तदान गर्नेहरुमा खेमराज चौधरी, राम चन्द्र, दिव्यदेव शाही, सुरेश चौधरी, बिर बहादुर थारु, बिशेषराज थापा, अरबिन गुप्ता, सिमरजीत सिंह, मनोज चौधरी, सरोज लिम्बु, प्रेम बहादुर ओली, मदन खाँड, सुजन थापा, गौरव थापा, गणेश ओली, नितिज श्रेष्ठ, भिम बहादुर कनुवार, भगत श्याम शाह, मञ्जिला बोहरा, रोजिना, सिद्धार्थ श्रेष्ठ, बिष्णु उपाध्याय, अकिंत कुमार, विजय थापा, नबिन थापा, रघु चन्द धामी, गौरब बाबु बैश्य, आशा, भिम सुनार, स्वताँक यादव लगायत ३५ जनाले रक्तदान गर्नु भएको छ ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिता कुमाई, ममता खडका, खगेन्द्र भट्टराई बैकुण्ठ रेग्मी लगातयले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Previous article५५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
Next articleजनताको घरदेलोमा अध्यक्ष शाह, क्लबका पदाधिकारीको बिभिन्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here