
शिवराज साहु
नेपालगञ्ज । जिल्लाको सदरमुकाम नेपालगंज उपमहानगरपालिकाको मुटुको रुपमा मानिने त्रिभुवन चौकमा रहस्यमय खाल्डो देखा परेको छ ।
प्राय त्रिभुवन चोक व्यानर चोक वा कुनै पनि कार्यक्रम गर्ने थलोको रुपमा चिनिने चोकमा परिणत हुँदै गएको देखिन्छ ।
लगभग वर्षको प्रत्येक महिना कुनै न कुनै समूहले व्यानर लगाई आफ्नो कार्यक्रम तथा गतिबिधिको व्यानर प्रदर्शन गर्छन । चोकमा बिहान र सांझा अधिक भिडभाड हुने गर्दछ ।
जसमा व्यापारी, नेता, पर्यटक र स्थानीयहरुको जमघट लाग्ने तथा चाट नास्ता खाने र भेटघाट गर्ने गरेको सजिलै देख्नि सकिन्छ तर लामो समयदेखि त्यो चोक अर्थात नेपालगञ्जको मुटुमा प्वल परेको कसैले देख्दैन ।
वडा नं ११ र वडा नं ८ को सिमानामा पर्ने उक्त चोकमा केही महिना अगाडी हाई मास्ट लाईट जडान तथा चोक मर्मत कार्य भएको थियो । हाई मास्ट लाईट जडान गर्ने बेला तारको लाईन बिस्तार गर्न खाल्डो खनिएको थियो ।
स्थानीय पसलेका अनुसार उक्त खाल्डोमा परी दैनिक अटोरिक्सा, स्कुटी, बाईक दुर्घटना हुने गरेको छ । कतिपय व्यक्तिहरुलाई सामान्य घाइते हुँदै आएका छन् । तर कुनै ठुलो सामान्य मात्र नभएर ठुलै हुन सक्ने स्थानीयको शंका छ ।
त्रिभुवन चोकको उत्तरतर्फ प्राचिन माँ बागेश्वरी मन्दिर, पूर्वमा रानी पोखरी, दक्षिण लाईनमा भेरी अस्पताल र पश्चिम लाईनमा नगरपालिकाको कार्यालय छ । यी सबै करिब पाँच सय मिटरको हाराहारीमा छन् ।
यस्ता महत्वपूर्ण स्थानहरु नजिकै हुँदै हुँदा पनि चोकमा रहेको खाल्डो पुर्न उपमहानगरपालिका उदासिन देखिन्छ । यदि उपमहानगरपालिकाको जिम्मेवारी होईन भने सम्बन्धित कार्यालय अहिलेसम्म किन पर्न लगाइएन ।
खाल्डोले गर्दा त्रिभुवन चोक कुरुप बनेको र नगरको मुख्य चोकको आफ्नो कुनै सिमा पनि नहरहेको देखिन्छ । चोकमा सांझा तथा बेलुका दुध, दही, चाट, चाउचाउ र सेकुवा खानेको भिडभाड नै रहेको पाईन्छ ।
उक्त भिडभाडमा स्थानीय र बाहिरी पर्यटकहरुको पनि सजिलै जमघट देख्न सकिन्छ । उनीहरुलाई नेपालगञ्जको बारेमार नराम्रो धारणा बनिरहेको छ ।
नेपालगंज उपमहानगरपालिकाको सम्मानलाई त्रिभुवन चोकले आफ्नो काँधमा बोकेको हुनले चोकको खाल्डोलाई मर्मत सम्भार गरि कुरुप हुनबाट जोगाउन अति आवश्यक छ । मेरो प्रयास नेपालगंज उपमहानगरपालिकालाई सफा र सुन्दर बनाउने हो, तसर्थ सम्बन्धित निकायले उक्त खाल्डोलाई यथाशिघ्र मर्मत गर्न पनि आग्रह गर्दछु ।





