स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण शुरू

गुलरिया । बर्दिया जिल्लाका ६ वटा स्थानीय तह ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालीका, राजापुर नगरपालीका, गुलरिया नगरपालीका, मधुवन नगरपालीका र गेरुवा गाउपालीकाका शिक्षाका सरोकारवाला निकायहरुका लागी स्थानीय पाठ्यक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी गुलरियामा शुरु गरिएको छ ।

दुई दिनसम्म संचालन हुने अभिभुखिकरणमा सहभागी पालीकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमको अवस्थाका बारेमा पालीकास्तरको अन्तरकृया समेत गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालकाे सहयाेेगमा संचालन भएकाे गोष्ठीमा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गर्ने कार्ययोजना रहेको छ ।

अभिमुखिकरण गोष्ठीमा पूर्व उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका जीतबहादुर शाहले सहजिकरण गरिरहनुभएकाे छ ।

गोष्ठीमा शिक्षा शाखा प्रमुख,शिक्षा समितीका पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका १८ जना पदाधिकारीहरुको सहभागीता रहेको सामाजिक सचेतन सराेकार मंचद्वारा संचालित सिकाई परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleमेयर साब, कस्ले पुर्ने हो यो खाल्डो ?
Next articleसमुदायमा कोभिड-१९ बिरुद्धको खोपप्रति चासो बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here