समुदायमा कोभिड-१९ बिरुद्धको खोपप्रति चासो बढ्दै

नेपालगञ्ज । कोभिड-१९ बिरुद्ध सम्बन्धि जनचेतना फैलाउन नेपालगंज उपमहानगरपालिकाका सामुदायिक बिद्यालयहरुमा बाल क्लबमार्फत गतिबिधि संचालन गरिएको छ ।

उपमहानगरपालिकाको समन्वयमा सामाजिक विकास मंच ले सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन गरिरहेको जोखिम संचार तथा समुदाय सहभागिता परियोजना अन्तर्गत हाल ५ वटा बिद्यालयहरुमा साँप सिडी खेल लगायत गतिबिधिमार्फत कोभिड-१९ बारे जनचेतना फैलाउन थालिएको हो ।

यस्तै गतिबिधि अन्तर्गत वक्तृत्वकला प्रतियोगितामार्फत बिद्यार्थी, शिक्षक र अभिभावकलाई कोभिड-१९ बिरुद्ध खोप सम्बन्धि संवेदनसिल बनाउन डेढ महिनादेखि बाल क्लबको सहभागितामा गरिने गतिबिधिलाई संचालन गरिएको छ ।

बिगतका समयमा खोपको पूर्ति माग अनुसार नभएको, खोप अभाव, र खोपका बारेमा भ्रम भएका कारणले धेरै कोभिड-१९ को जोखिममै हुने अवस्था रहेको परियोजनाले संचालन गरेको सामुदायिक कार्यक्रमहरुले देखाएका थिए ।

तर हाल परियोजना अन्तर्गत नै समुदायमा संचालन भएका जनचेतनामूलक कार्यक्रमहरुले पछिल्लो समय खोप लगाउने संख्या बढेको देखिएको मंचले दावी गरेको छ ।

समुदायस्तरमा खोपको बारेमा जानकारी नभएको, नागरिकता नभएको र खोप केन्द्रहरु टाढा भएकाले धेरै व्यक्तिहरु खोपबाट बन्चित छन् ।

तर मंचले समुदायस्तरमा निरन्तर गरिरहेको घुम्ती रिक्सा, समुदायस्तरका अभिमुखीकरण र घरदैलो अभियानले ती क्षेत्रहरुमा मानिसहरुमा खोपप्रतिको चासो बढेको देखिएको परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनुभयो ।

समुदायस्तरका क्रियाकलापहरुमा बिशेष गरि युवा क्लब तथा स्वास्थ्यकर्मी लगायत स्वास्थ्य स्वयंसेविकाको अग्रसरताले मानिसहरुमा कोभिड-१९ बिरुद्धको खोपप्रति जनचेतना बढेको पाइएको हो ।

Previous articleस्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण शुरू
Next articleपाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण गोष्ठी सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here