
बर्दिया । जिल्लाका ६ वटा स्थानीय तह ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालीका, राजापुर नगरपालीका, गुलरिया नगरपालीका, मधुवन नगरपालीका र गेरुवा गाउपालीकाका शिक्षाका सरोकारवाला निकायहरुका लागी स्थानिय पाठ्यक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी बर्दियाको गुलरियामा सम्पन्न गरिएको छ ।
दुइ दिनसम्म संचालन हुने अभिभुखिकरणमा सहभागी पालीकाहरुले हाल सम्म निर्माण गरेका स्थानिय पाठ्यक्रका को अबस्था बारे पालीका स्तरको अन्तरकृया समेत गरिएको छ ।
गोष्ठीमा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गरिएको छ ।
गोष्ठीमा स्थानीय तहले गरेका असल अभ्यासहरुलाई सिकाइ आदान प्रदान गर्नुका साथै सहभागी पालीकाहरुले स्थानिय पाठ्यक्रम निर्माण र परिमार्जन सहित स्विकृती का लागी मधुवन नगरपालीकाले पौषमसान्त भित्र, गुलरिया नगरपालीकाले चैत मसान्त भित्र, राजपुर नगरपालीकाले बैशाख मसान्त भित्र, गेरुवा गाउपालीकाले जेष्ठ पहिलो साता र अन्य दुइ पालीका बारबर्दिया नगरपालीका र ठाकुरबाबा नगरपालीकाले परिमार्जन सहित स्विकृती हुने गरि कार्ययोजना निर्माण गरिएको छ ।
गोष्ठीमा पूर्व उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय का जीतबहादुर शाहले सहजिकरण गर्नुभएको थियो ।
६ वटा स्थानीयतहको स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण गोष्ठीमा शिक्षा शाखा प्रमुख, शिक्षा समितीका पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका १८ जना पदाधिकारीहरुको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनु भयो ।





