एसीसी यू-१९ एसिया कप क्रिकेट टाेलीकाे बिदाई

काठमाडौं । युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ ।

सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यू-१९ क्रिकेट टिमलाई बिदाई गर्नुभएकाे हाे ।

यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गर्नुभयाे ।

सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिनुभयाे ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी हुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।

Previous articleपाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण गोष्ठी सम्पन्न
Next article३०० ट्याबलेट नाईट्राेभेटसहित एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here