
नेपालगन्ज । भारतीय बजार रूपैडिहाबट नेपालगन्ज ल्याउँदै गरेकाे तीन सय ट्याबलेट नाईट्राेभेट (लागू औषध) सहित प्रहरीले एक युवालाई पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार मंगलबार भारतीय बजार रूपैडिहा पुगेका एक नेपाली युवाले चाेर बाटाे भएर ल्याउँदै गरेकाे नाईट्राेभेट ट्याबलेट (लागू औषध) सहित एक जनालाई पक्राउ गरेकाे हाे ।
करिब अपरान्ह सवा तीन बजेकाे समयमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं-९ बस्ने १९ वर्षीय नरेन्द्र बिष्ट २० फाईल अर्थात तीन सय ट्याबलेट नाईट्राेभेटसहित पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
बिष्ट जमनाहा गाउँ हुँदै चाेरबाटाे भएर आउँदै गर्दा प्रहरीले पक्राउ गरेकाे हाे ।





