
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं-१४ मा काेराेना खाेप बिरूद्व सराेकारवालासंगबीच छलफल गरिएको छ ।
समुदायस्तर काेभिड-१९ बिरूद्वकाे सचेतना फैलाउन र काेराेना बिरूद्वकाे खाेपकाे पहुँचमा पुर्याउनका लागि मंगलबार भवनियापुरमा सराेकारवालाबीच छलफल गरिएको हाे ।
छलफलबाट काेराेना संक्रमणकाे जाेखिम अझै कायम रहेकाे र जाेखिम कम गर्नका लागि समुदायस्तरसम्म खाेप लगाउने र सावधानीका सूचना पुर्याउन सबैले काम गर्ने सहभागीले प्रतिबद्धता जनाएका छन् ।
उनीहरू सबैले काराेना बिरूद्वकाे सचेतनालाई आ-आफ्नाे सामाजिक संजालबाट प्रवाह गर्ने, समुदायका व्यक्तिहरूलाई जानकारी दिने, काेराेना बिरूद्वकाे खाेपकाे बारेमा प्रचारप्रसार गर्ने जस्ता बिषयमा जाेड दिईएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिकाकाे समन्वय, सहकार्य तथा सेफ द चिल्ड्रेनकाे आर्थिक सहयाेगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेद्वारा संचालित “जाेखिम संचार तथा सामुदायिक सहभागिता” परियाेजना अन्तर्गत जिल्ला युवा क्लब संजाल बाँकेकाे आयाेजनामा उक्त छलफल गरिएको संजालका सचिव राजन बर्माले जानकारी दिनुभयो ।
कार्यशालामा वडा न-१४ का वडा सदस्य ऋषिराम बर्मा, साहिरून निषा राई, काैशिल्या पुरी, वडा सचिव दामोदर ज्ञवाली, विभिन्न बिद्यालयका प्रअ तथा शिक्षक, स्वास्थ्य चाैकीका प्रमुख, बाल क्लबका अध्यक्ष, सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे ।





