
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं–५ स्थित हजरत कम्मरशाह मजारमा आजदेखि मेला लाग्दैछ । कम्मरशाहमा आजदेखि ११ गतेसम्म चार दिन मेला संचालन हुनेछ ।
कम्मरशाह मजारमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ । कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले मेलालाई व्यवस्थित बनाउन मेला संचालन समितिलाई जिम्मेवारी दिइएको छ ।
मेलालाई व्यवस्थापन गर्न आरिफ खानको संयोजकत्वमा २१ सदस्यीय मेला संचालन तथा व्यवस्थापन समिति समेत निर्माण गरिएको छ ।





