कोभिड बिरुद्धको खोपबारे युवाहरुले प्रचार प्रसार गर्ने

नेपालगञ्ज । कोरोना बिरुद्धको खोपको महत्वबारे युवाहरुले अभियान संचालन गर्ने भएका छन् । नेपालगञ्जका युवाहरुले खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन प्रेरित गर्ने भएका हुन ।

नेपालगञ्जमा बिहीबार आयोजना गरिएको कोभिड १९ बिरुद्ध युवा अभियान र प्रतिबद्धता कार्यक्रममा सहभागि युवाहरुले लक्षित व्यक्तिलाई खोप लगाउन प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपालगञ्जमा जोखिम संचार तथा समुदायिक सहभागिता परियोजना संचालनमा छ ।

सामाजिक बिकास मंच (एस डि एफ)द्धारा कार्यान्वयनमा रहेको परियोजनाको समन्वयमा जिल्ला युवा क्लब संजालको आयोजनामा बिहीबार सो कार्यक्रम गरिएको संजालका सचिव राजन बर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि धेरैजसो युवाहरुले कोरोना बिरुद्धको खोपको मात्रा पुरा गरेको बताए । उनीहरुले आफुहरुले खोप लगाईसकेकेको छुटेका व्यक्ति तथा समुदायलाई खोप लगाउनका लागि शन्देश प्रवाह गर्ने, प्रेरित गर्ने बताएका छन् ।साथै कार्यक्रममा उस्थित भएका एक युवाले कोरोना बिरुद्धको खोप कार्यक्रम संचालन भएका समयमा आफ्नो परिवारमा दुःख परेकाले खोप लगाउन नपाएको भेटिएपछि उनलाई कार्यक्रममार्फत नै खोप लगाउन सम्बन्धित ठाउँमा जान जानकारी प्रदान गरिएको छ ।

कार्यक्रममा नेपालगञ्ज वडा नं ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं १३ का वडासदस्य ओमप्रकाश चौहान, जिल्ला युवा क्लब संजालका अध्यक्ष आशिष बर्मा, सेभ द चिल्ड्रेनकी कार्यक्रम संयोजक फुलकुमारी चौधरी, मंचका कार्यक्रम संयोजकद्धय शिवानी भट्टराई र राम श्रेष्ठसहित करिब ७० बढि युवाहरुको सहभागिता रहेको थियो ।

साथै कार्यक्रममार्फत नै कोभिड बिरुद्धको खोप लगाएको भएपनि नियमित मास्कको प्रयोग, साबुन पानीले हात धुने लगायत सुरक्षा मापदण्डको पालना गर्छु भन्ने प्रतिबद्धतामा सहभागि सबैले हस्ताक्षर गरेका छन् ।

Previous articleडुडुवास्थित कम्मरशाह मेला आजदेखि शुरु
Next articleडुडुवाको दशौ गाउँ सभाद्धारा सात वटा विधेयक पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here