डुडुवाको दशौ गाउँ सभाद्धारा सात वटा विधेयक पारित

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँ सभाले सात वटा विधेयक पारित गरेको छ ।

विहीबार बसेको गाउँ सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउपािलको तथ्याक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो ।

सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नु भएको विधेयक सर्ब सम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभाले गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८–०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालु आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरि गरिएको बजेट संशोधन पारित गरिएको थियो ।

डुडुवा गाउँपालिका अहिले जिल्लास्तर मै नमूनाको रुपमा काम गर्न सफल भएको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा सब भन्द बढी अंक ल्याएर जिल्ला मै पहिले, विभिन्न निति निर्णय र प्रक्रियामा गरिएको काम अन्र्तगत स्वमुल्याकनमा पनि जिल्लामा पहिलो, घर घरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सब भन्दा कम बेरुजु डुडुवामा रहेको पाइएको छ ।

गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएका छन । गाउँपालिकाले जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता वितरण, घरघरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी रुपमा देखिएको छ ।

सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

Previous articleकोभिड बिरुद्धको खोपबारे युवाहरुले प्रचार प्रसार गर्ने
Next articleस्वास्थ्य संस्थाका प्रमुखहरुलाई आइ पि सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here