
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्तरीय नेपाल निजामति कर्मचारी युनियनको अध्यक्षमा जागेश्वर बस्नेत निर्वाचित हुनु भएको छ ।
शुक्रबार नेपालगञ्जमा बसेको भेलाले बस्नेतको नेतृत्वमा १३ सदस्यीय महानगरस्तरीय कार्यसमिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा निबेश कुमार शर्मा, महिलातर्फ अमृता दर्लामी, सचिवमा लक्ष्मी गौडेल, कोषाध्यक्षमा आरती चौधरी निर्वाचित हुनुभएको हो ।
यस्तै समिति सदस्यमा बिर बहादुर थापा, पवन बुढा, मनोज रिजाल, सुदेश के.सी, मालती बाल्मीकी, राजन कुमार थापा, धनकुमारी पुन र मोहन शर्मा रहनुभएको छ ।
भेलामा नेपालगञ्जकी उपमेयर उमा थापा मगर, निजामति कर्मचारी युनियन बाँके कार्यवाहक अध्यक्ष उद्धव श्रेष्ठ, उपमहानगरपालिका कर्मचारी युनियनका निवर्तमान राजन कुमार केसी, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका बरिष्ठ उपाध्यक्ष बीरजंग शाह, डुडुवा गाउँपालिका टेड युनियन कांग्रेस अध्यक्ष राजेश शेन लगायतको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष शेनले संगठनलाई बलियो संगठनका बारेमा मन्तब्य राख्नुभएको थियो । नेपाली कांग्रेसलाई नेपालगञ्जमा बलियो बनाउन र भावी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउने कुरामा लाग्न समेत भेलामा छलफल गरिएको थियो ।






