
शादाब राईनी
नेपालगन्ज । लुम्बिनी गार्मेन्ट उद्योग नेपालगन्जमा गएराती फेरी आगलागी भएको छ, आगलागीबाट करीब चार करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको बताएको छ ।
महिला उद्यमी कस्मिरा खातुनले सञ्चालन गर्नुभएको नेपालगन्जस्थित गार्मेन्ट उद्योगमा गए राती शुक्रबार करीब १:३० बजेतिर आगलागी भएको हो ।
आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखेको कपडा तथा कच्चा कपडा गरि करीब चार करोड भन्दा बढिको क्षति भएको अनुमान गरिएको खातुनले बताउनुभयाे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका महिला उद्यमी समिति अध्यक्ष समेत रहनुभएकी खातुनले संचालन गर्नुभएको बिद्युत सर्ट भई आगलागि भएर क्षति भएको बताउनुभयाे ।
नेपालगञ्ज उपमहानगरपालिकाको बारूण यन्त्र तथा स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
तीन बर्षअघि पनि खातुनले संचालन गर्नुभएको गार्मेन्ट उद्योगमा आगलागी हुँदा करोडौंको क्षतिभएको थियो ।





