पुल्चोक युवा संजालको दोश्रो साधारण सभा सम्पन्न

सीतापुर । खजुरा गाउँपालिका वडा न-२ सीतापुरमा स्थापना भएको पुल्चोक युवा संजालको दोश्रो साधारण सभा आज सम्पन्न भएको छ l

२०७७ साल बैसाख १ गतेमा स्थापना भएको उक्त संस्थाको सम्पूर्ण पदाधिकारी, साधारण सदस्य र अथितिहरुको उपस्थितिमा सम्पन्न भएको हो l

संस्थाका संस्थापक अधक्ष्य महेश शर्माकाे अध्यक्षतामा भएको थियो भने संस्थाका तारा प्रसाद पाण्डयेले संस्थाको आर्थिक र भौतिक प्रगति प्रतिबेदन सम्पूर्ण सदस्यहरु संग प्रस्तुत गर्नु भएको थियो l

सोहि कार्यक्रममा सम्पन्न भएका क्रियाकलापहरुको गुनासोहरुको सुनुवाई तथा आगामी बर्षको योजना समेत तयार तथा प्रस्तुत गरिएको थियो l

कार्यक्रममा प्रमुख अथितिको रुपमा बसन्त थापाले शुभकामना मन्तब्य दिनु भएको थियो l कार्यक्रममा स्थानीय वडाका पदाधिकारी, ब्यबसायी, समाजसेवी तथा स्थानियबासीको उपस्थिति थियो l

Previous articleलुम्बिनी गार्मेन्टमा आगलागी हुँदा चार करोड बढीको क्षति
Next articleजुवा खालबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here