गौडेलको नेतृत्वमा पदाधिकारीको उम्मेदवारी घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचनमा भिड्ने समूहरुले उम्मेदवारी घोषणा गर्ने कार्य अघि बढाएका छन् ।

यही पुस २७ गते हुन लागेको बाँके जिल्ला निर्वाचनको सरगर्मी बढिरहेसंगै विभिन्न प्यानलले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

यसैक्रममा कांग्रेसको संस्थापन इतर (शेखर कोइराला) पक्षले सोमबार एक कार्यक्रमका बीच सभापति सहित पदाधिकारीका उम्मेदवार घोषणा गरेको हो ।

कांग्रेस बाँकेको सभा हलमा आयोजित कार्यक्रममा उक्त पक्षले सभापतिमा नारायणप्रसाद गौडेलप्रसाद गौडेल, उपसभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

गौडेल प्यानलका प्रचार प्रसार समिति संयोजक समेत रहेका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले उम्मेदवारको नाम सार्वजनिक गर्नुभएको थियो ।

उक्त प्यानलले जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम भने २५ गते चियापान कार्यक्रम गरेर सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यस्तै संस्थापन (शेरबहादुर देउवा) पक्षले भने अहिलेसम्म आफ्नो आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छैन । यस पक्षबाट सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति, बादशाह कुर्मी, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मी नारायण शाहले आकांक्षा देखिनुभएको छ ।

Previous articleनेपालगञ्जका ७ वटा वडा बाल बिवाहमुक्त घोषणा
Next articleबाँकेको निर्वाचन कार्यक्रम तय, पुष २४ गते उम्मेदवारी मनोनयन दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here